अर्थ

घट्यो शेयर बजार, नेप्से फेरि २१०० तल

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा बजार दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ८१ प्रतिशतले घटेर २,०८९ को विन्दुमा कायम भएको छ । आज बुधबार ५६ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै बुद्ध भुमि नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ४१ प्रतिशतका दरले गुमाएका छन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

पोखरा फाइनान्सः १९ करोड ५२ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १९ करोड २७ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः १४ करोड १० लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड २८ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः १० करोड ३ लाख रुपैयाँ
शिवम सिमेन्टः ८ करोड ३० लाख रुपैयाँ
नेपाल वेयरहाउजिङः ७ करोड ५४ लाख रुपैयाँ
मुक्तिनाथ कृषि कम्पनीः ७ करोड ४२ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ७ करोड १३ लाख रुपैयाँ
ग्लोबल आइएमई लघुवित्तः ७ करोड १२ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *