काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ५४ अंकले बढेर २,१३१ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपालका लागनीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनएमबि लघुवित्तका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
नेरुडे मिर्मिरे लघुवित्तः २४ करोड ४२ लाख रुपैयाँ
पोखरा फाइनान्सः २१ करोड १२ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १७ करोड ५३ लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्सः १७ करोड ५३ लाख रुपैयाँ
नबिल बैंकः १५ करोड ५० लाख रुपैयाँ
एनआईसी एसिया बैंकः १२ करोड ७३ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ११ करोड १८ लाख रुपैयाँ
शिवम सिमेन्टः ९ करोड ६८ लाख रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंकः ८ करोड २८ लाख रुपैयाँ
सिंगटी हाइड्रोः ८ करोड १९ लाख रुपैयाँ





