अर्थ

शेयर बजार दोहोरो अंकले बढेर बन्द

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २,११५ को विन्दुमा काय मभैको छ । आज १९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कालिका पावर कम्पनीको १२ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमि नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

पोखरा फाइनान्सः २४ करोड ६४ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १२ करोड ९९ लाख रुपैयाँ
कालिका पावरः १२ करोड ३८ लाख रुपैयाँ
माउन्टेन इनर्जीः १० करोड ४१ लाख रुपैयाँ
सिंगटी हाइड्रोपावरः १० करोड १० लाख रुपैयाँ
जानकी फाइनान्सः ९ करोड ७५ लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्सः ९ करोड ५९ लाख रुपैयाँ
हिमालयन लघुवित्तः ९ करोड २६ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ९ करोड १७ लाख रुपैयाँ
एनआईसी एसिया बैंकः ८ करोड ५३ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *