काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार २४ दशमलव ३९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सिइडिबी हाइड्रोपावरको २८ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिवासी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ३० करोड ८० लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २८ करोड २३ लाख रुपैयाँ
कर्णाली डेभलपमेन्ट बैंकः ९ करोड ३२ लाख रुपैयाँ
पोखरा फाइनान्सः ६ करोड ८५ लाख रुपैयाँ
कुमारी बैंकः ६ करोड ५६ लाख रुपैयाँ
ज्योति विकास बैंकको संस्थापक शेयरः ६ करोड ४५ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंकः ६ करोड १५ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ६ करोड १० लाख रुपैयाँ
गरिमा डिबेन्चर २०८५ः ५ करोड २३ लाख रुपैयाँ
शिवम सिमेन्टः ४ करोड ८६ लाख रुपैयाँ





