अर्थ

शेयर बजारमा ८ अंकको बृद्धि

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २६ अंकले बढेर १,९७४ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनकिो शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनकि ालगानीकर्ताले ५ दशलमव ४४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

सांग्रिला डेभलपमेन्ट बैंकः १० करोड ५० लाख रुपैयाँ
पोखरा फाइनान्सः ८ करोड ६ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ८ करोड ५ लाख रुपैयाँ
शिवम सिमेन्टः ७ करोड ७१ लाख रुपैयाँ
नेपाल इन्स्योरेन्सः ६ करोड ९५ लाख रुपैयाँ
सोल्टी होटेलः ६ करोड ६३ लाख रुपैयाँ
नेपाल फाइनान्सः ५ करोड ७२ लाख रुपैयाँ
मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५३ लाख रुपैयाँ
उन्नति सहकार्य लघुवित्तः ५ करोड ४८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ५ करोड ४८ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *