काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ९३ अंकले बढेर २,००६ को विन्दुमा कायम भउको छ । आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संथाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव २९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७ दशलमव ६२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव १८ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १८ करोड २४ लाख रुपैयाँ
पोखरा फाइनान्सः १७ करोड १ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १६ करोड २५ लाख रुपैयाँ
कामना सेवा विकास बैंकः १२ करोड ९५ लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड ६० लाख रुपैयाँ
आईसीएफसी फाइनान्सः १२ करोड ५७ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंकः १० करोड ४२ लाख रुपैयाँ
मञ्जुश्री फाइनान्सः ९ करोड ४५ लाख रुपैयाँ
समृद्धि फाइनान्सः ९ करोड १४ लाख रुपैयाँ
जानकी फाइनान्सः ९ करोड ६ लाख रुपैयाँ





