काठमाडौं । आज शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ०७ अंकले बढेर १,९८० को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
पोखरा फाइनान्सः १७ करोड ५४ लाख रुपैयाँ
नेपाल फाइनान्सः १४ करोड ७० लाख रुपैयाँ
जानकी फाइनान्सः ९ करोड ३२ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ९ करोड ८ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः ७ करोड ५२ लाख रुपैयाँ
सप्तकोशी डेलभपमेन्ट बैंकः ६ करोड ७१ लाख रुपैयाँ
श्री इन्भेस्टमेन्टः ६ करोड ४० लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ५ करोड ९८ लाख रुपैयाँ
शिवम सिमेन्टः ५ करोड ६३ लाख रुपैयाँ
मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५७ लाख रुपैयाँ





