काठमाडौं । शेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। झिनो वृद्धि भएको बजारमा सेन्सेटिभ इन्डेक्स पनि ०.६० अंकले बढेर ३४८.५५ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेको छ भने अन्य १० वटा समूह घटेका छन्। बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन समूह बढेको हो।
बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।
यो दिन पोखरा फाइनान्स र गुराँस लघुवित्तका शेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ। आज माई खोला हाइड्रोपावरका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले ओरालो लागेको छ।
शेयर बजारमा आज वित्त समूहका कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन्। यही कारणले वित्त समूह आज सर्वाधिक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।
समग्र शेयर बजार सूचक नेप्से भने आज ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज सर्वाधिक कमाउनेमा पोखरा फाइनान्स रहेको छ। यो कम्पनीको शेयरभाउ १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्तको शेयरभाउ पनि ९.९२ प्रतिशतले बढेको छ।
आज सपोर्ट लघुवित्तको शेयरभाउ ७.५५ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको शेयरभाउमा ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.४४ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को ४.०४ प्रतिशत, एलबीबीएल डिबेन्चरको ४.०३ प्रतिशत र जानकी फाइनान्सको ३.३२ प्रतिशतले बढेको छ।
यो दिन माई खोला हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ६३ करोड ३० लाख रुपैयाँ
पोखरा फाइनान्सः १४ करोड ८० लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ८ करोड ४० लाख रुपैयाँ
नेपाल फाइनान्सः ५ करोड ७४ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ८१ लाख रुपैयाँ
एनआईसी एसिया बैंकः ४ करोड ६३ लाख रुपैयाँ
माई खोला हाइड्रोपावरः ४ करोड २६ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः ३ करोड ६६ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ३ करोड ६६ लाख रुपैयाँ




