अर्थ

शेयर बजारमा १४ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेर १,९९१ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंक डिबेञ्चर २०८८ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

गोर्खाज फाइनान्सः १७ करोड ५९ लाख रुपैयाँ
सूर्यज्योति लाइफ इन्स्योरेन्सः ७ करोड ४३ लाख रुपैयाँ
पोखरा फाइनान्सः ६ करोड ६८ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ४ करोड ५९ लाख रुपैयाँ
शिवम सिमेन्टः ४ करोड ४७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३० लाख रुपैयाँ
ग्रीन डेभलपमेन्ट बैंकः ३ करोड ६४ लाख रुपैयाँ
नेपाल फाइनान्सः ३ करोड ४६ लाख रुपैयाँ
युनाइटेड अजोड इन्स्योरेन्सः ३ करोड ४२ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ३ करोड ४१ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *