अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ । यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ ।

३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *