काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले घटेर २,०२६ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । आज फाइनान्स उपसूचक ५ दशलमव ९५ प्रतिशतले बढेको छ ।
आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।
गोर्खाज फाइनान्सको १९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
उच्च कारोबार भएका १० कम्पनी
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ९५ करोड २० लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १९ करोड ४ लाख रुपैयाँ
सूर्यज्योति लाइफः ११ करोड २९ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ९ करोड ९३ लाख रुपैयाँ
नेपाल फाइनान्सः ८ करोड ७९ लाख रुपैयाँ
शिवम सिमेन्टः ६ करोड ७० लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३२ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ६ करोड १४ लाख रुपैयाँ
जानकी फाइनान्सः ५ करोड ५१ लाख रुपैयाँ
पोखरा फाइनान्सः ५ करोड १९ लाख रुपैयाँ





