अर्थ

कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयर खरिदका लागि आजका मितिले ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *