अर्थ

माउन्टेन इनर्जीको साधारण सभा आज, के के छन् एजेण्डा ?

काठमाडौं।माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ । सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको हो । तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र यस सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *