काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक शेयर किनबेच भएको छ । बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । किसन घलुवित्तका लगानीकर्तादे ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ, मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ र हिजो बुधबार ३.३४ अंकले बजार घट्दा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको थियो ।
आज उच्च कारोबार भएका १० कम्पनी
माछापुच्छ्रे बैंकको संस्थापक शेयरः १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः २८ करोड ५३ लाख रुपैयाँ
शिवम सिमेन्टः १४ करोड ५८ लाख रुपैयाँ
सोनापुर मिनरल्सः १२ करोड ७७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ९ करोड ५९ लाख रुपैयाँ
नेपाल फाइनान्सः ६ करोड १५ लाख रुपैयाँ
फरवार्ड माइक्रोफाइनान्सः ५ करोड ९० लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः ५ करोड ६२ लाख रुपैयाँ
अपर तामाकोशीः ५ करोड ४९ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ७२ लाख रुपैयाँ





