अर्थ

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ।

यो सेसनमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता सेयर किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *