अर्थ

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं। आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ३४ अंकले घटेर २,०६३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ । आज म्युचुअल फण्ड र माइक्रोफाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ११ करोढ ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन ्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

सोनपुर मिनरल्सः १९ करोड ५२ लाख रुपैयाँ
शिवम सिमेन्टः १७ करोड ६० लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ११ करोड ९१ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४० लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्सः ७ करोड २७ लाख रुपैयाँ
अपर तामाकोशीः ७ करोड ५ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १३ लाख रुपैयाँ
घोराही सिमेन्टः ५ करोड ९४ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ९७ लाख रुपैयाँ
ग्रामीण विकास लघुवित्तः ४ करोड ८७ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *