अर्थ

सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला

काठमाडौ । सर्वोत्तम सिमेन्टको सेयर कारोबार मंगलबारदेखि नेप्सेमा सुरु भएको छ । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ ।

मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो ।

नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो । सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *