काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव २७ अंकले बढेर २,०७३ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव १५ प्रतिशतका दरले गुमाएका छन् ।
उच्च कारोबार भएका १० कम्पनी
गोर्खाज फाइनान्सः २३ करोड १४ लाख रुपैयाँ
शिवम सिमेन्टः २० करोड ३० लाख रुपैयाँ
सोनापुर मिनरल्सः १३ करोड ४६ लाख रुपैयाँ
अपर तामाकोशीः ११ करोड ६४ लाख रुपैयाँ
घोराही सिमेन्टः ७ करोड ४३ लाख रुपैयाँ
पिपुल्स पावरः ६ करोड ४५ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५८ लाख रुपैयाँ
कामना सेवा विकास बैंकः ४ करोड ३९ लाख रुपैयाँ
कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड १८ लाख रुपैयाँ





