अर्थ

झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं। झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २४ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेस गर्नेछ । सभा चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *