अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख २४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख २३ हजार ९०० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन १ लाख २५ लाखमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख २४ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ५२० मा कारोबार भइरहेको छ । आइतबार चाँदी १ लाख ५३० मा कारोबार भइरहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *