अर्थ

निफ्राको ६ लाख कित्ता शेयर बिक्री

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। निफ्राको संस्थापक समूहको ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि आवेदन दिन ३५ दिनको समय तोकिएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा रहेको कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने निफ्राले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *