अर्थ

आज अमेरिकी डलर स्थिर हुँदा पाउण्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ ।

शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेको छ ।

हिजो बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९ रुपैयाँ ३९ पैसा कायम थियो । आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *