अर्थ

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो?

काठमाडौँ। सुन तोलाामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला १ लाख २४ हजार ४०० मा कारोबार भएको व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला एक लाख २३ हजार ५०० र तेजावी सुन प्रतितोला एक लाख २२ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदी १ हजार ४७० मा कारोबार भइरहेको छ । बुधबार १ हजार ४४० मा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *