अर्थ

राष्ट्र बैंकद्वारा पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ ।

काठमाडौं बसन्तपुरस्थित फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीस्थित न्यातपोल मनि एक्सचेञ्ज, काठमाडौं क्षेत्रपार्टीस्थित कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाईकुण्ड टिमुरेस्थित ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंस्थित रुट नेपाल नेपाल मनि एक्सचेञ्ज प्रालिको लाइसेन्स रद्द गरिएको हो ।

राष्ट्र बैंकले तोकेको समयमा नबीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको विदेशी विनिमय व्यस्थापन विभागले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *