अर्थ

कालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था

काठमाडौं। कालिन्चोक दर्शनले नाफा कमाएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *