अर्थ

कालीमाटीको फलफूल तथा तरकारीको भाउ, लोकल मुला १० रूपैयाँ

काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २४०, किवी ३००, आभोकाडो ३००, अम्बा ७० र स्ट्रबेरी भुई ऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतीय आलु २८ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ४०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी ९०, हरियो फर्सी लाम्चो ७० र हरियो डल्लो फर्सी ७० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ९० र पुदीना ४५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी ९० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *