अर्थ

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार १५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।


साथै, आज चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन सोहि मूल्उमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *