अर्थ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? आजको विनिमय दर यस्तो छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८२ रुपैयाँ रहेको छ ।

यस्तै साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *