अर्थ

सुनको भाउ आज पनि स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार, सोमबार र आज मंगलबार सुनको भाउ स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *