अर्थ

कृषि विकास बैंकको सेवा अवरुद्ध हुने, कारोबार नगर्न अनुरोध

काठमाडौँ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। बैकले सूचना जारी गर्दै बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार गर्ने भएकोले १ घण्टा सिस्टम अवरुद्ध हुने जनाएकाे हाे ।

‘कोर बैंकिङ सिस्टममा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले माघ ६ गते बिहान २ बजेदेखि ३ बजेसम्म करिब १ घण्टा सिस्टम अवरुद्ध रहने हुँदा सो समयमा कारोबार नगर्नु हुन् अनुरोध छ, यस कार्यबाट ग्राहकवर्गहरूमा पर्न गएकाे असुविधाप्रति क्षमा प्रार्थी छाैँ ।’, बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *