अर्थ

धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्राध्यापक उदय निरौला रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *