अर्थ

सोनापुर मिनिरल्सले बोलायो माघ २६ गते एजीएम, के–के छन् एजेन्डा ?

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा माघ २६ गते बस्ने भएको हो । साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सभामा प्रबन्धपत्र संशोधन संगै कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेस गर्ने जानाएको छ ।

यसैगरी, उक्त सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ ।

गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *