अर्थ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भैरहेकाे छ ।

बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *