अर्थ

ग्लोबल आइएमई क्यापिटलको सीईओमा लुइँटेल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दीप लुइँटेल नियुक्त भएका छन् ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइँटेललाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो ।

सप्तरीका लुइँटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङको प्रमुखको रुपमा दोस्रो वरीयतामा कार्यरत थिए ।

भारतको पुनेबाट एमबीए गरेका लुइँटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *