अर्थ

आज सेयर बजार बन्द हुने

काठमाडौं । सेयर बजार माघ १ सोमबार आज बन्द हुने भएको छ। आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो।

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो।

अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *