अर्थ

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *