अर्थ

घट्यो सुनको मूल्य

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *