अर्थ

कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौ । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ ।

बैंकले बिहीबार सूचना जारी गर्दै उक्त व्याजदर घटाएको छ । माघ महिनामा मुद्दती निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने बैंकले जनाएको छ । योसँगै माघ महिनादेखि लागू गर्ने गरी एनआईसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।

कुमारी बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ ।

अब माघमा भने मुद्दती निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *