अर्थ

आज कालीमाटीको तरकारी मूल्य, लोकल बन्दा ३० रूपैयाँ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार २५०, किवी २००,एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतिय आलु २९ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो ५०, डल्लो हरियो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो मेथी, सौफको साग जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ९०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा ५०, लाम्चो भान्टा ४० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *