अर्थ

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशत विन्दु घटाएको हो ।

त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ । पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो ।

बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *