अर्थ

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले चलायो मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं।ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा मधेस र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले मधेश प्रदेश अन्तर्गत सिरहाको सुखीपुर स्वास्थ्य चौकीमा र गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित पोखरे आधारभुत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सुखीपुर स्वास्थ्य शिविरमा १७० र पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाको स्वास्थ्य चेकजाँच गरिएको बैंकले जनाएको छ । शिविरबाट महिलाहरू प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकको विश्वास छ ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित शिविरमा स्त्रीरोग विज्ञहरूले विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । शिविरबाट महिलाको पाठेघरको क्यान्सरको परीक्षण गरिएको थियो ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकका ४६ लाख भन्दा बढी ग्राहक छन् । बैंकले आफ्ना सबै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *