अर्थ

प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से सूचक बढ्यो

काठमाडौ। प्रि ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ ।

यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५१ कम्पनीको १४हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *