अर्थ

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । उक्त भाउ अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *