काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्ष दिलीपकुमार ढुङ्गानाले सपथ लिएका छन् । ढुङ्गानालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सपथ खुवाएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम अधिकारीले सपथ खुवाएका थिए ।
ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन का थिए । ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा गभर्नर अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए ।
अध्यक्ष ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जाजरकोट केन्द्रबिन्दु भई भूकम्प प्रभावित क्षेत्रमा बैंककले एक प्रतिशत मात्र प्रिमियम लिई आवास कर्जा लगानी गरिरहेको बताए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।




