अर्थ

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा विहिबार सुन तोलामा १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १३ सयले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार चाँदी प्रति तोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *