अर्थ

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि लगभग ८० अर्ब लाग्ने अर्थमन्त्री महतको अनुमान

काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि लगभग ८० अर्ब लाग्ने अनुमान गरिएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको स्पष्ट पारे ।

अर्थमन्त्री महतले जाजरकोटमा भुकम्पबा प्रभावित भएकाहरुका लागि अस्थायी टहरा निर्माणका लागि सरकारले दिने भनेको एक मुष्ट रुपमा ५० हजार रुपैँया उपल्ध गराउने निर्णय भइसकेकाले तत्काल अब स्थानीय तहमा सो रकम पु¥याउने समेत उनले उल्लेख गरे ।

अर्थमन्त्री महतले सरकारले छुट्याएको बजेटले जाजरकोट तथ पश्चिम रुकुममा भुकम्प प्रभावितका लागि अस्थायी टहरा निर्माणका लागि अपुग भएको बताएका छन् । यसका लागि सरकारले थप सहयोग जुटाउने पहल गरिरहेको उनले बताए । भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री, पुरानो शैलीमा नयाँ प्रविधिको घर निर्माण गर्न उनले सुझाए । सरकारले भूकम्प प्रतिरोध घर निर्माण गर्न पहल गर्ने उनले उल्लेख गरे । जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *