अर्थ

२ लाख जरिवाना सहित ३ बीमा कम्पनीलाई प्राधिकरणले गर्यो कारबाही

काठमाडौँ ।नेपाली बीमा प्राधिकरणले तीन वटा बीमा कम्पनीलाई कारबाही गरेको छ । ६ पुसमा बसेको नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीलाई नगद जरीवाना सहित कारबाही गरेको बीमा प्राधिकरणको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई समान २ लाख रुपैयाँ नगद जरिवाना सहित कारबाही भएको उनले बताए ।

प्राधिकरण बीमा प्रवर्द्धनसँगै सुपरिवेक्षणमा पनि कडाइका साथ प्रस्तुत हुने उनले बताए । स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, आम्दानीको स्रोत नखुलाई बीमा गरेर सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *