काठमाडौं । जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित आगामी पुस २८ गते प्रथम वार्षिक साधारणसभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागिएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।




