अर्थ

हिमालयन बैंकले सेयरधनीहरुलाई लाभांश नदिने

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिम बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *