अर्थ

सेयर बजारमा लगातार देखियो सुधार, दोहोरो अंकले बढ्यो

काठमाडौं। मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। ४५.९८ अंकले बढेर नेप्से दुई हजार एक सय ६.४८ बिन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक १.८० प्रतिशतले वृद्धि भएको छ।

आज १८३ कम्पनीका सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ। नौ कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढ्दा सात कम्पनीको मूल्यमा नौ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ।

मंगलबार एक करोड ६४ लाख ५७ हजार कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ। नेप्सेका सबै १३ उपसमूहमा आज हरियाली छाएको छ।

होटल तथा पर्यटन उपसमूह सर्वाधिक ६.९४ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन ४.७४, जीवन विमा ३.१२ र बैंक २.४६ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट अग्रस्थानमा छ। मूल्यमा १० प्रतिशतको वृद्धि भएको यो कम्पनीको आज ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *